पुनर्वासमा क्षतबिक्षत अवस्थामा एक बृद्धाको शव फेला, यसक्षेत्रमा शृङ्खलाबद्ध हत्या हुने क्रम रोकिएन


हरिश्चन्द्र बाग,
पुनर्वास, ११ फागुन
       कञ्चनपुरको पुनर्वासमा क्षत बिक्षत अवस्थामा एक बृद्धाको शव फेला परेको छ । बिहिवार गोठालो गएकी पुनर्वास नगरपालिका ११ भिमबस्तीकी ६५ वर्षिया पानमती धामीको आज बिहान क्षत बिक्षत अवस्थामा शव भेटिएको हो ।  भिमबस्तीको सिद्धदेवी मन्दिर भन्दा २ किलोमिटर टाढा जंगलमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । बृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । गहना लुट्ने मनसायले हत्या गरिएको हुनसक्ने आशंका गरिएपनि हत्याको कारण भने अझै खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धानका लागि अनुसन्धान टोली घटना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो हत्याकाण्ड सहित पुनर्वास क्षेत्रमा एक वर्ष भित्र अज्ञात हत्याराद्वारा ४ जनाको हत्या भैसकेको छ । यसअघि यसै वर्ष साउन २९ गते पुनर्वास नगरपालिका ११ भिमबस्तीमा सिद्धादेवी मन्दिरमा बस्दै आएकी ७९ वर्षिय धर्मा मल्ल,  भदौ ११ गते पुनर्वास नगरपालिका ९ का ३० वर्षिय सुरज कार्की र मंसिर १९ गते पुनर्वास नगरपालिका १० का ५० वर्षिय मेघसिंह धामीको पनि हत्या भएको थियो ।

बारम्बार एउटै प्रकृतिका घटना दोहोरिरहँदा पनि लामो समयसम्म हत्याराको पत्ता लाग्न नसक्दा स्थानीय नागरीकमा त्रास फैलिएको छ । शृङ्खलाबद्द हत्याका घटना बढिरहेका कारण यतिबेला सिंगो पुनर्वास नै त्रसित बनेको हो । एकपछि अर्को हत्याका घटना दोहोरिदैँ गइरहेको भएपनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा स्थानियको शान्ति सुरक्षा कमजोर बन्न पुगेको छ । बढ्दै गएका हत्याका घटनाका कारण शान्ति सुरक्षा बलियो बनाउन नसकेको भन्दै स्थानीयले प्रहरीको आलोचना गर्न थालेका छन् ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने