Posts

Showing posts from February, 2018

अनुमति विना नेपाली भूमिमा भारतले बनायो बाटो र पुल

Image
     दार्चुला, फागुन १५ – भारतीय पक्षले नेपालको अनुमति र सहमतिविना नै दार्चुलाको महाकाली नदीमा एकतर्फी पुल र बाटो बनाएको छ । केहि हप्ता अगाडि नेपाली पक्षलाई पत्राचार गर्दै भारतीय प्रशासनले आफ्नोतर्फको सडक निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति मागेको थियो । त्यसको केही दिनपछि महाकाली नदीमा दुई देश जोड्ने चारवटा झोलुङे पुल र नेपाली भूमिमा १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्न लागत विवरण मागेको थियो । वर्षातको समयसम्म चारवटा पुल र १२ किलोमिटर बाटो बनाउने तथा तत्काल दुईवटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरी नेपाली पक्षसँंग छलफल गरेको थियो । नेपाली पक्षसँग तीन पटक छुट्टाछुट्टै समयमा पत्राचार, सम्पर्क र छलफल गरेको भारतीय पक्षले नेपाली पक्षको सहमति विना प्रस्तावित दुई वटा काठेपुल र नेपाली भूमिमा बाटो निर्माणसमेत गरेको छ । भारतीय पक्षको पत्र आएपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफूले यसबारे निर्णय गर्न नसक्ने भन्दै गृह मन्त्रालयको अनुमति माग्नु भएको थियो । गृहको अनुमति अहिलेसम्म प्राप्त नभए

निजी स्कुलमा अत्यासलाग्दो शुल्क: कक्षा १ पढ्न ५ लाख !

Image
ललितपुर , फागुन १५   । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आइसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्क्यास शीर्षकमा ६ हजार पाँच सय रुपैयाँ पनि कक्षा १ का विद्यार्थीबाट स्कुलले असुल्दै आएको छ । सबै शीर्षकमा हिसाव गर्दा एक कक्षाका विद्यार्थीसँग लिने शुल्क मात्र वार्षिक पाँच लाख बढी हुन्छ ।  आजको अन्नपुर्णमा खबर छ ।

सरकारको बेवास्ताका कारण अढाइ वर्षदेखि कामकाजविहीन नगर विकास

Image
कञ्चनपुर १४ फागुन । सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ । समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो । नगरविकास समितिको कामकाज रोकेर उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनसमेत गरिएको भए पनि समितिको प्रतिवेदनका आधारमा शहरी विकास मन्त्रालयले कुनै निर्णय लिएको छै्रन ।   प्रशासनिक कामबाहेक जग्गा लिज, आर्थिक प्रभाव कारोबार दरगामी प्रभाव पार्ने काम रोक्ने भनेर मन्त्रिपरिषद्बाटै निर्णय भएको थियो तर अढाइ वर्ष सम्म पनि छानबिनको प्रतिवेदन नआयको महेन्द्रनगर नगरविकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले बताउनुभयो । नगर विकास समितिले गर्ने सडक ग्राभेल, कल्भट, ढल निकासलगायतका विकासका काम ठप्प भएका छन । दोस्रो पटक नगरविकास समितिको अध्यक्ष रहनुभएका सुरेन्द्र विष्ट कामकाज सुचारु गर्ने विषयमा पटक–पटक मन्त्रालय धाइरहेका छन् तर काम सुचारु हुने सम्भावना देखिएको छैन । गत वर्ष फ

काङ्ग्रेस नेता बिमलेन्द्र निधिद्बारा बिश्व रामसारमा सुचिकृत घोडाघोडी तालको अवलोकन

Image
विशाल पाण्डेय फागुन १४ / सुखड,कैलाली । नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री बिमलेन्द्र निधिले कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको बिश्व रामसार सुचिमा सुचिकृत घोडाघोडी तालको अवलोकन तथा मन्दिरको दर्शन गर्नु भएको छ । आज दिउँसो  करिब १२ बजेतिर स-परिवार सहित घोडाघोडी ताल क्षेत्रमा पुग्नु भएको नेता निधिलाई मन्दिर तथा ताल समितिका पधाधिकारिहरु , पार्टीका नेता तथा कार्यकर्ताहरु लगाएत स्थानीयहरुले स्वागत गरेका थिए । काङ्ग्रेस नेता निधिले यस धार्मिक , ऐतिहासिक तथा पर्यटकिय थलोको संरक्षण र सम्बर्द्धनमा सबै मिलि सहयोग गर्दिनु हुन आग्रह गर्नु भएको छ । नेता निधिले भ्यु टावरमा गइ घोडाघोडी तालको विभिन्न दृश्य तथा मठ मन्दिरहरुको अवलोकन गरि गुरुकुल शिक्षाको लागि ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गर्नुभएको थियो र अन्य समस्याहरुको पनि समाधान गर्ने बताउनु भयो । जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बैतडी पुग्नु भएको नेता निधि आइतबार डडेलधुरा हुँदै  धनगढी पुग्नु भएको थियो । अति ब्यस्तताका बाबजुद  पनि यस घोडाघोडी तालमा स-परिवार आउन पाउँदा खुशी ब्यक्त गर्नु भयो । नेता निधिले आजै काठमाडौं फर्कने का

माओवादीले पठायो मन्त्रीको शुची, पम्फा भुसाल आउट, विना मगर सुचीमा

Image
      काठमाडौं - माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ । उच्च राजनीतिक स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ । मन्त्रीको शुचि प्रधानमन्त्री केपि ओलि समक्ष पठाईएको छ । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ । मन्त्री हुने चर्चामा रहेकी पम्फा भुसाल शुचिमा अटाईनन भने विना मगर मन्त्री बन्ने टुंगो लागेको छ ।  त्यसबोहक माओादीका तर्फबाट बादलबाहेक हालसम्म मन्त्रीको सूचिमा मात्रिका यादव, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र बीना मगरको नाम टुंगिएको छ । माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।

सांसदहरुको शपथ २० गते ४ बजे, प्रतिनिधिसभामा यादव र राष्ट्रियसभामा भट्टले शपथ गराउने

Image
काठमाडौं, फागुन १३ । सघीय संसद्का नवनिर्वाचित सदस्यको यही फागुन २० गते आइतबार शपथ हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ । राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुनेछ । संविधानका विषयमा फरक मत राख्दै आएको राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहनुभएका ज्येष्ठ सदस्य यादवलाई प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर प्राप्त भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदनका रुपमा रहेको छ । त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ६९ वर्षीया ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । नेपाली काँग्रेस प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख प्रतिपक्षका रुपमा रहनेछ । माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक

इच्छा विपरित होली खेले कारवाही गर्ने प्रहरीको चेतावनी

Image
काठमाडौं। प्रहरीले इच्छा विपरित होली खेल्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरित लोला हान्ने वा रंग लगाउनेमाथि कडा कार्वाही हुने चेतावनी दिएको हो। होली खेल्ने वातावरण बिग्रन नदिने गरी शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको पनि परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। प्रहरीले काठमाडौंमा होलीका लागि १ सय ६ वटा ठाउँमा प्रहरी टोली परिचालन गरेको छ। त्यसैगरी २० वटा मोवाईल टोली पनि खटाइएको छ। रंगहरुको पर्व होली बिहीबार उपत्यका र पहाडी जिल्लामा तथा शुक्रबार तराईका जिल्लाहरुमा मनाइँदैछ।

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउछौ : मुख्यमन्त्री भट्ट

Image
कञ्चनपुर , १३ फागुन । माइती नेपालको २५ औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रूपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ ।  अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ ।   उहाँले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा कानून बनाउने बताउनुभयो । सरकारले कानून बनाएर मात्र यस्ता अपराध घटने होइन उहाँले भन्नुभयो, “ कानून कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई समेत हामी कडा निर्देशन दिन्छौँ ।” मुख्य मन्त्री भट्टले खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न केन्द्रीय सरकारसँग पहल गरेर हेल्प डेस्कको स्थापना गर्ने बताउनुभयो ।  महाकालीदेखि मेचीसम्मका सात ठाउँमा जनचेतनासम्बन्धी कार्यक्रम गरिने अभियानको नारा ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखनविरुद्ध गरौँ खबरदारी’ भन्ने रहेको छ ।

प्रधानमन्त्री नै अनभिज्ञ, कतिवटा निकायको अध्यक्षता गर्छु भन्ने जानकारी छैन..

Image
काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले बोक्दै आएको बोझको निरन्तरता वर्तमान धानमन्त्रीको थाप्लोमा पनि छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रधानमन्त्री नै अनभिज्ञ दर्जनौँ निकायमा अध्यक्ष र संरक्षक रहेका प्रधानमन्त्री आफ्नो जिम्मेवारीबारे जानकार होलान् त ? पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री विगतका अनुभवका आधारमा भन्छन्, ‘कतिवटा निकायको अध्यक्षता गर्छु भन्ने जानकारी प्रधानमन्त्रीलाई नै नहुने स्थिति छ ।’ क्षेत्रीको भनाइसँग प्रधानमन्त्री कार्यालयका बहालवाला एक सचिवको प्रतिक्रिया मेल खान्छ । उनले प्रधानमन्त्री अध्यक्ष वा संरक्षक रहने सरकारी निकाय कति छन् भन्ने यकिन तथ्यांक प्रधानमन्त्री कार्यालयसँग नरहेको स्विकारे । प्रधानमन्त्री कार्यालयका अनुसार विगतदेखिकै प्रधानमन्त्रीले निकै कम निकायलाई मात्रै समय दिने गरेका छन् । खासगरी