SPA तेस्रो लालझाडी कप T-20 क्रिकेटमा जय दुर्गे युवा क्लव बेलौरी सेमिफाइनलमा प्रवेश


केशव भट्टराई
कञ्चनपुर, १५ माघ
कञ्चनपुरको पुनर्वासमा जारी एसपिए तेस्रो लालझाडी कप टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जयदुर्गे युवा क्लव बेलौरी विजयी भएको छ । लगातार २ खेल जितेर जयदुर्गे युवा क्लव बेलौरी सेमिफाइनलमा पुगेको छ ।टस जितेर व्याटिङ् रोजेको बेलौरीले १८ ओभरमा पुरै विकेट गुमाउँदै १ सय ९९ रन वनाएको थियो ।जय दुर्गे बेलौरीलाई जिताउन एम पि सिंहले सर्वाधिक ५१ र दिपक चन्दले ४० रनको पारि खेले । सुरुबाटै आक्रामक ब्याटिङमा उत्रिएको बेलौरीले  १८ ओभरमा  १ सय ९९ रन बनाएको हो । लिटिल फ्लावर वोर्डिङ स्कुललाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै जय दुर्गे बेलौरी विजयी भएको हो । २ सय रनको लक्ष्य भेट्टाउन मैदान उत्रिएको लिटिल फ्लावर १३ ओभरमा पुरै विकेट गुमाउदै ८६ रनमा सिमित रह्यो । लिटिल फ्लावरलाई सस्तैमा समेट्न जयदुर्गे बेलौरीका सगुन शाहले ६ विकेट लिएका थिए । शाहले ४ओभरमा २३ रन खर्चेर ६ विकेट हात पारेका हुन् । ६ विकेट लिएका शाह खेलको म्यान आफ् द म्याच समेत घोषित भए ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने