सुदर्शनपुरमा माघि मिलन कार्यक्रम सम्पन्न
जुद्ध चाैधरी
बेलाैरी, माघ-०२
पश्चिमा थारूहरूकाे नयाँ वर्ष एवम् महान चाड माघि संक्रान्तिकाे अवसर पारेर दर्शन युवा क्लवले बृहत् साँस्कृतिक कार्यक्रम गरेकाे छ। "हमार सँस्कृति हचार पहिचान, यिहीन बचिना हमार अभियान" भन्ने मुल नाराका साथमा बेलाैरी नगरपालिका वार्ड नम्बर ५ सुदर्शनपुरमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे हाे।
बेलाैरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चाैधरी प्रमुख अतिथि रहेकाे उक्त कार्यक्रममा विशिष्ट अतिथि नेकपा माअाेवादि केन्द्रका जिल्ला ईन्चार्ज वीर बहादुर थापा रहनु भएकाे थियाे। त्यसै गरि अतिथिहरूमा बेलाैरी नगर भलमन्सा समितिका अध्यक्ष सुन्दर चाैधरी, लालझाडी गाऊँ पालिकाका प्रमुख मदन सेन बडायक रहनु भएकाे थियाे भने कार्यक्रमका सभापति वार्ड नम्बर ५ का वडाध्यक्ष साईतु चाैधरी रहनु भएकाे थियाे। कार्यक्रममा स्थानिय कलाकारहरूले थारू सँस्कृति झल्किने थारू नाच मघाेटा नाच, झुम्रा नाच, सख्या नाच प्रस्तुत गरेका थिए। त्यसैगरी उक्त कार्यक्रममा थारू राष्ट्रिय कलाकारहरूकाे उपस्थिती रहेकाे थियाे। थारू राष्ट्रिय कलाकार द्वय समीक्षा चाैधरी र सागर कुश्मीले पनि दर्शक माझ अा - अाफ्नाे प्रस्तुती दिएका थिए। थारू सँस्कृतिकाे जगेर्ना एवम् प्रचार- प्रसारका लागि कार्यक्रमकाे अायाेजना गरीएकाे कार्यक्रमका संयाेजक कृष्ण गम्वा चाैधरीले बताउनु भयाे।
थारूहरूकाे माघि पर्व विशेष र महान पर्व हुनाले ५ दिन सम्म धुमधामका साथ मनाउने गरिन्छ र यसलाई माघ महिना भरी पनि मनाउन सकिने थारू अगुवा,भलमन्साहरू बताउछन। थारूहरू गाऊँ घरमा नयाँ नीति नियम, सामाजिक काम,पारिवारीक सल्लाह,बिगतका बर्षकाे समीक्षा एबम् अागामी बर्षकाे लागि कार्य याेजना बनाउने गर्दछन। जसका लागि गाऊँ टाेलका सम्पूर्ण थारू घरधरीहरू भलमन्साकाे घरमा भेलाई सर्बसम्मत या निर्वाचन गरि प्रयेक साल एकजना भलमन्सा र एकजना चाैंकी डर्वा चुन्ने प्रचलन रहँदै अाएकाे छ।
Comments
Post a Comment