सरकारले तोक्यो मेयरदेखि राष्ट्रपतिसम्मको मर्यादाक्रम

काठमाडौँ– सरकारले  प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठका अनुसार राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम  तोकिएको छ ।

स्थानीय तहका पदाधिकारीहरुको मर्यादाक्रमको विषयलाई लिएर विवाद हुँदै आएको थियो।स्थानीय तहमा निर्वाचित अधिकारीहरुले आफुहरुलाई कर्मचारीभन्दा तल्लो मर्यादामा राखिएको भन्दै असन्तुष्टि जनाउदै आएका थिए । गृह मन्त्रालयको प्रस्तावअनुसार मर्यादाक्रमको सरकारले टुंगो लगाएको हो।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने