सन्दिप लामिछाने लाई लियो दिल्ली डेयर डेभिल्सले

काठमाडौं, माघ १४
      इन्डियन प्रिमियरलिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले भारू २० लाखमा खरिद गरेको छ।५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८नम्बरमा थिए।

अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन्।सन्दीप अनक्याप्ड क्याटागोरीमा थिए। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तिमा २० लाख भारू (३२ लाख रुपैयाँ) थियो।सन्दीपलाई आफ्नो क्लबबाट खेलाउन पाउँदा निकै खुसी लागेको पनि दिल्ली डेयर डेभिल्सले बताएको छ। उसले ट्वीटमा लेखेको छ- १७ वर्षीय लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ।

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमाभने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो।अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पनि यसअघि प्रशंसा गरेका थिए। ‘सन्दीप ठूलो सम्भावना भएका खेलाडी हुन्। खेलप्रति उनको लगाव एकदमै धेरै छ,’ क्लार्कले भनेका थिए।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने