प्रतिघन्टा एक हजार तिरेर यी पुरुषलाई महिलाहरुले घरमै बोलाउँछन्

एजेन्सी – उनी न त कुनै डाक्टर हुन्, न त कुनै परामर्शदाता । तर उनले प्रति घण्टाको करीब एक हजार रुपैयाँ बराबरको शुल्क लिन्छन् । अनि महिलाहरु उनलाई घरमै बोलाएर उक्त शुल्क तिरेर भरपूर प्राप्त गर्दछन् ।

आखिर जापानका टाकानोबू निसिमोटोले गर्ने खास कुरा के हो ? जसका लागि महिलाहरुले चर्को शुल्क तिर्दछन् ?तपाइँले अनेक थरी सोँच्नुभयो होला । तरहोइन, त्यस्तो । मात्र आफुसँगको चिनापर्ची र भेटघाटका लागि मात्र निसिमोटोले यत्रो रकम अशुल्छन् ।

उनले अमेरिका र जापानमा समेत अनेक प्रकारका जागिर गरिसकेका छन्, तर अहिलेचाहीँ उनी भाडामा उपलब्ध छन् ।महिलाहरुले यिनलाई आफ्नो घरमा बोलाउनका लागि प्रतिघण्टा १० डलर अर्थात् झण्डै एक हजार रुपैयाँ बराबरको रकम फी तिर्नुपर्दछ र उनलाई एकघण्टा भाडामा लिन पाइन्छ ।

निसिमोटोले ओसान नामक पुरुष भाडामा लिने व्यवसाय ४ वर्षदेखि गरिरहेका छन् । उनको समूहमा ६० जनाजति त्यस्ता प्रौढव्यवसायिक पुरुषहरु छन् जो भाडामा उपलब्ध छन् ।उनीहरुलाई वेबसाइटबाट बुकिङ गर्न सकिन्छ । अनलाइनबाटै रकम भुक्तानी गरिसकेपछि निसिमोटो वा उनका साथीहरु सम्बन्धित ठाउँमा पुग्दछन् ।आखिर के गर्छन् त त्यहाँ गएर ? वास्तवमा दुनियामा एक्लोपनाबाट गुज्रिरहेका मानिसहरुको कमी छैन । निसिमोटो र उनका साथीहरु तिनै एकलकाटे मानिसहरुको एक्लोपन दूर गर्ने कोसिस गर्दछन् । अक्सर महिलाहरुले निसिमोटोलाई उनीहरुको एक्लोपन भगाउने साथीको रुपमा डाक्छन् । देख्दा साधारण देखिने निसिमोटोमा सुन्ने तथा बुझ्ने बेतोड क्षमता छ । उनी आफ्नो स्वभाव तथा हाउभाउले मानिसहरुलाई प्रभावित गर्न सक्दछन् । उनको कुरा गर्ने शैली निकै नरम छ ।

निसिमोटोसँग महिलाहरुले आफ्ना पिडा पोख्छन्, गुनासो सुनाउँछन्, रुन्छन्, रिसाउँछन् । निसिमोटोले मज्जाले सुन्छन्, दुखमा साथ दिन्छन् अनि दुखीहरुलाई खुसी बन्ने बाटो देखाउँछन्।निसिमोटोको शर्त छ उनी केबल कुराकानी गर्नका लागि मात्र भाडामा उपलब्ध छन्, अन्य कामका लागि होइन । एकताका एकजना ८० वर्षकी महिलाले पनि निसिमोटोलाई भाडामा लिएकी थिइन् । हरेक हप्ता निसिमोटो ती वृद्धाकोमा जान्थे र पार्कमा घुम्दै कुराकानी गर्दथे ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै