यसरी घटेको छ नेपालको क्षेत्रफल, देशभरको विवरण यस्तो छ

साझा पत्रिका सम्बादाता
काठमाडौ, माघ १४
      यतिखेर नेपाल भारत वीचको सिमा विवादका कारण देशको तराई भुभाग पिल्सीएको छ । बषौँदेखि भारतीय पक्षको अतिक्रमणमा परेका नेपालीहरुकोसमस्या फेरीपनि दोहोरिएको छ । केहीदिन अघिमात्र नेपाल भारत संयुत सीमा सर्वेक्षण टोलिले सिमास्तम्भ निर्माण गर्ने क्रममा पर्साको छपकैयामा सिमा स्तम्भ निर्माण गर्दा नेपाली भूमी अतिक्रमणमा परेको पुष्टि भयो । सिमा स्तम्भ निर्माण गर्ने क्रममा नेपालीहरुले पहिलेदेखि भोगचलन गर्दै आएको र राज्यलाई कर तिर्दै आएको जग्गामा धमाधम सिमा स्तम्भ ठड्याउने काम भएपछि पर्साका स्थानीय आवाज उठाउन बाध्य भए । वीरगञ्ज स्थित नेपाल भारत सिमामा स्तम्भ निर्माण गर्ने क्रममा ५० बिघा नेपाली भुभाग भारत तर्फ पर्न गएपछि यो स्थानीय तहदेखि केन्द्रसम्म विवाद चुलिएको छ ।

पुस्तौँ पुस्ता देखि भोगचलन गर्दै आएको जग्गामा कसैले सोध्दै नसोधी पीलर ठड्याउन खोज्दा कस्को पो चित्त बुझ्छ र ?

यो एउटा प्रतिनिधि घटना बाहिर आएको हो । भारतीय पक्षको अतिक्रमणबाट देशको तराई भुभाग बषौँदेखि प्रताडित छ । भारतीय पक्षबाट नेपालीभुमी कति अतिक्रमणमा पर्‍यो, त्यसको कुनै लेखाजोखा नै छैन ।

धरै पहिलेदेखि नेपालको भूभाग १ लाख ४७ हजार १ सय ८१ बगौकिलोमिटर भनेर पाठ्यपुस्तकमा समावेश गरी पढ्दै र पढाउँदै आइएको छ पनि । तर के हाल बास्तविकता यो नै छ त ? देशको भुभाग अहिलेपनि १ लाख ४७ हजार १ सय ८१ बगौकिलोमिटर नै छ ? यो प्रश्न लिएर नापी विभाग पुगेका हामीलाई चित्तबुझ्दो जवाफ आएन ।

नेपालको क्षेत्रफल विक्रम सम्बत् २०३१ सालमा पहिलो पटक भएको नापी नक्साको आधारमा निकालिएको हो । तर त्यसपछिका दिनहरुमा यो क्षेत्रफल मिचिँदै गयो । पटक पटक नेपाली भुगोल निरन्तर खुम्चिँदै गएको छ । नेपालको भुभाग अहिले तत्कालिन तथ्याङ्क भन्दा फरक रहेको बताउँछन् सिमाविद् बुद्धिनारायण श्रेष्ठ । श्रेष्ठले कालापानीको लिम्पियाधुरामा भारतीयपक्षले अतिक्रमण गरेको भुभागको क्षेत्रफल २३ हजार हेक्टर हो भनी किटानी गरेका थिए । पछिल्लो समय नेपालको ७१ स्थानमा भारतले सीमा मिचेको तथ्य प्रमाण पनि उनले नै बाहिर ल्याएका हुन् । जसमा भारतले पनि प्रतिबाद गर्न सकेको छैन । श्रेष्ठका अनुसार देशका ७१ ठाउँमा ६ सय ६ बर्गकिलोमिटर भूभागमा पटकपटक सिमा विवाद हुने गरेको छ । यसपछि केही संस्थाहरु मार्फत पनि नेपालको सिमांकनको नाप गरिएको छ । नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्गकिलोमिटरमानिँदै आएपनि विभिन्न अनुसन्धानबाट सार्बजनिक भएको तथ्याङ्क भने सो अनुसारको छैन।

कति हो नेपालको क्षेत्रफल उठ्यो गभ्भीर प्रश्न ?

सन् १९८० मा ग्राउण्डर रिसोर्स इन नेपालले गरेको सर्बेक्षणमा कुल क्षेत्रफल १ लाख ४० हजार ८ सय वर्ग किलोमिटर रहेको छ । एग्रिकल्चर सेन्टर स्ट्राटेजीको सन् १९८२ को रिपोर्ट अनुसार देशको कुल क्षेत्रफल १ लाख ४२ हजार वर्ग किलोमिटर मात्रै छ । त्यसैगरी विश्व बैंकले सन् १९८६ मा सार्वजनिक गरेको रिपोर्टमा नेपालको क्षेत्रफल १ लाख ४१ हजार वर्ग किलोमिटर उल्लेख छ । विकिपिडियाले नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय १ वर्गकिलोमिटर भन्छ भने सन् १९८६ मा एलआरएमपीले तयार पारेको रिपोर्टमा १ लाख ४७ हजार वर्ग किलोमिटर भनिएको छ ।त्यसैगरी डब्लुडब्लुडब्लु डट कम आइपीएए ००१०९८२० डट एचटिएमएलले नेपालको क्षेत्रफल १ लाख ४० हजार ८ सय बर्गकिलोमिटर मात्र हो भनेको छ । नेपाल सरकारको जनसंख्या तथा बाताबारण मन्त्रालयले सन् २००० को स्टेट अफ दि इन्भायरमेन्ट रिपोर्टमा नेपालको क्षेत्रफल १ लाख ४१ हजार ५ सय ७७ भनिएको छ ।

त्यस्तै सन् २०१२ मा डिओएस् नेपाल डाटा गुगल अर्थ एण्ड जिआइएस्ले नेपालको कुल क्षेत्रफल १ लाख ४ हजार ९४ बर्गाकिलोमिटर मात्र भनेको छ र हामीले पढदै र हामीलाई पढाइदै आएको १ लाख ४७ हजार १ सय ८१ बर्गकिलोमिटरमा निरन्तर प्रश्न चिन्ह उब्जिएको छ । यसबारे जानकारहरु भन्छन् । यी यस्ता विभिन्न अनुसन्धानहरुमा नेपालको क्षेत्रफल बारम्बार घटिरहेको तथ्याङ्कले देखाउँछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था र नेपाल सरकारकै विभिन्न मन्त्रालयको रिपोर्टमा नेपालको क्षेत्रफलमा एकरुपता देखिँदैन । देशको क्षेत्रफल जस्तो संबेदनशिल कुरामा फरक फरक तथ्याङ्क आउनु दुखदहो । सीमा अतिक्रमणको श्रृङखला ? छिमेकी मुलुक संग रहेको सीमा किचलो र अतिक्रमणले नेपालको क्षेत्रफल बारम्बार सांघुरिँदै गएको छ । भारत र चिनसंग सिमा जोडिएका स्थानमा दुवैतर्फबाट भएको अतिक्रमणकै कारण नेपालको क्षेत्रफल घटेको भन्छन् सीमाविद् वुद्धिनारायण श्रेष्ठ ।

कहाँ कहाँ कति कति हेक्टर जमिन मिचियो ?

सिमाविद् श्रेष्ठका अनुसार पछिल्लो समयसम्म ६० हजार ६ सय ६२ हेक्टर अर्थात् कुल ६ सय ६ बर्गकिलोमिटर नेपाली जमिन अतिक्रमणमा परेको छ ।नेपाल भारत सिमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा नेपालको सिमा मिचिएको छ भने नेपाल चीनबीच सीमा जोडिएको एक ठाउँ दोलखाको लामाबगर, लाप्चे गाउँकोउत्तरतर्फ ६ हेक्टर नेपाली जमिन चीनले अतिक्रमण गरेको छ । नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर मान्दा पनि त्यसमा ६०६ बर्गकिलोमिटर जमिन गुमेको देखिन्छ । र, यो तथ्यले भन्छ कि नेपालको सीमाना हामीलाई पढाइदै र पढ्दै आएजति छदै छैन । फेरि एक पटक सीमाविद् श्रेष्ठ ।

नेपाल भारत सीमा सम्बन्धि किचलो देखिएका २३ जिल्लाका ७१ स्थानमध्ये सवैभन्दा ठूलो मिचिएको भूभाग कालापानीको लिम्पीयाधुरा हो । जहाँ ३ सय ७० बर्गकिलोमिटर क्षेत्रफल भारतले हडपेको छ । त्यस्तै नवलपारसीको सुस्तामा १४५ वर्गकिलोमिटर भूभाग भारतले मिचेको छ ।सबैभन्दा थोरै इलामको पशुपतिनगरस्थित खाटक क्षेत्रमा २ सय ४० वर्गकिलोमिटर अर्थात आधा रोपनी जग्गा भारतीय पक्षले मिचेको छ ।त्यतिमात्र होइन देशका अन्य भूभागमा पनि अतिक्रमणको पीडा उस्तै छ । दार्चुलाको केही भुभाग, कञ्चनपुरको भीमदत्त नगरपालिका ९, १० र ११ रौतेली बिचवा भिलमिला, रामपुर विलासपुर १, लक्ष्मीपुर ५, त्रिभुवन बस्ती ४ आनन्दबजार , परासन ७, ८ र ९ , कैलालीको फुलबारी, लालबोझी ८, बर्दियाको राजापुर, भीमपुर, खैरीचन्दपुर, गुलरिया नगरपालिका ४, ९ र १०, बाँकेको होलिया ८ र ९, नरैनापुर, दाङको कोइलाबास २, कपिलबस्तुको कृष्णनगर अजमा, रुपन्देही सिद्धार्थनगर, नवलपरासीको सुस्ता , चितवनको चितवन राष्ट्रियनिकुञ्ज, माडी, कल्याणपुर, पर्साको ठोरी, नयाँ बस्ती, महादेवपट्टी ६, जानकीटोल ९, पर्साको छपकैया, बाराको दक्षिण झिटकैया मा पनि नेपाली भुभाग अतिक्रमणमा परेको छ ।त्यसैगरी रौतहटको जोकाहा, सर्लाहीको त्रिभुवननगर र नारायणपुर, महोत्तरीको सम्सी , सि झापाको कारोबार, पाठामारी, महेशपुर भद्रपुर, इलामको श्रीअन्तु, पशुपतिनगर, गार्खे, पाँचथरको च्याङ्थुप, ताप्लेजुङ्को चिम्बुङपोखरी, कालीखोला, याँम्फुदिन, लेलेपमा पनि सिमा मिचिएको छ ।


 (न्युज 24 साभार)

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने