विना मगरले गरिन मतदान, कञ्चनपुर क्षेत्र नम्बर १ मा शान्ति पुर्वक मतदान हुँदै
हेमन्त न्यौपाने
पुनर्वास, मंसिर २१
आज देशभरका ४५ जिल्लामा मतदान भैरहेको छ । जस अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा शान्ति पुर्वक मतदान भैरहेको छ । बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विना मगरले शान्तिपुर्ण बाताबरणमा मतदान गरेकी छन ।
उम्मेदवार मगरले पुनर्वास नगरपालिका - ३, रामवस्तीस्थित गोरखा आधारभुत विद्यालयमा बिहान ७:४५ बजे मतदान गरेकी छन ।
कञ्चनपुर क्षेत्र नम्बर १ (क) मा पर्ने रामवस्तीस्थित गोरखा आधारभुत विद्यालयमा उत्साह पुर्वक मतदान भैरहेको छ भने, पतिशोकमा रहेकी विना मगरको अनुहार मलिन देखिन्थ्यो । विना मगरका पति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पुत्र साकार दाहाल ( प्रकाश) को यहि मंसिर ०३ गते हृदयघातका कारण मृत्यु भएको थियो ।
त्यस्तै, विना मगरका प्रतिस्पर्धि कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिवान सिंह बिष्टले क्षेत्र नम्बर १ को बेलौरी नगरपालिकाबाट मतदान गर्नुभएको खबर प्राप्त भएको छ । हामी निरन्तर न्युजमा छौ ।
Comments
Post a Comment