हाम्रै साझा पत्रिका हेर्नुहोस् तामाङसँगको कुराकानी https://youtu.be/gIZQaDrR3eY कञ्चनपुरको दक्षिणीक्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश प्रमुख सचेतक समेत रहेका तारा लामा तामाङले जनतालाई कर तिर्न सक्ने क्षामताको बनाउनुपर्ने बताउनु भयो । उहाँले जनताको आर्थिकस्थिति सुधार गर्न राज्यले महत्त्वपूर्ण भुमिका समेत खेल्नुपर्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्षद्वय केपी ओलि तथा प्रचण्ड कमरेड र शेरबहादुर देउवालाई गाली गरेर मात्र देश विकास नहुने बताए । माउण्टेन टेलिभिजनको कार्यक्रम माउण्टेन संवादमा कुराकानी गर्दै लामाले जनताहरु पनि देश र समाजप्रति उत्तरदायी हुनुपर्ने बताए। विकसित देशका जनताहरु आफ्नो कर्तव्यप्रति सचेत र सजग भएकाले नै ति देशहरु विकास भएको लामाले बताए। ‘प्रदेश नम्बर ७ प्राकृतिक स्रोत-साधनले सम्पन्न प्रदेश हो।यदि त्यहाँका भिन्न दलका नेता-कार्यकर्ता सबै मिलेर प्रदेशलाई बनाउनतिर लाग्ने हो भने अहिले सबैभन्दा पछाडि परेको प्रदेश नेपालकै सबैभन्दा राम्रो प्रदेश बनाउन सकिन्छ’,लामाले भने। लोकेन्द्र बहादुर चन्द र शेरबहादुर देउवा सात नम...