कञ्चनपुर, ३२ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको-२ मोहना लालझाडी वन क्षेत्रको अम्खैया खोला नजिक गाडिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । उक्त शव कृष्णपुर नगरपालिका-८ शान्तिपुरकी १७ बर्षिया कविता बिष्टको भएको उनका आफन्त लोकेन्द्र बिष्टले जानकारी दिएका छन् । घरबाट ६ दिन अघी देखि बेपत्ता भएकी कविताको शव आइतबार बेलुकी मात्र फेला परेको हो । उनका आफन्त र प्रहरी टोलीले शव फेला हुन् । मृतक युवती कैलालीको गेटामा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी हुन् । समान किनमेलका लागि अत्तरिया गएको बेला कृष्णपुर बाणीका स्थानीय मदन गिरीले जबर्जस्ती मोटरसाइकलमा लगेको परिवारको आरोप रहेको छ । मदन गिरीलाई प्रहरीले गएराती नै झलारीबाट पक्राउ गरेको छ । कविताको बलत्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । हत्याको प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । फाईल फोटो