कृष्णपुरमा एक युवतीको शव फेला, बलात्कार पछी हत्या भएको हुन सक्ने प्रहरी आशंका

कञ्चनपुर, ३२ असार ।
    कञ्चनपुरको कृष्णपुर नगरपालिकाको-२ मोहना लालझाडी वन क्षेत्रको अम्खैया खोला नजिक गाडिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । उक्त शव कृष्णपुर नगरपालिका-८ शान्तिपुरकी  १७ बर्षिया कविता बिष्टको भएको उनका आफन्त लोकेन्द्र बिष्टले जानकारी दिएका छन् ।

घरबाट ६ दिन अघी देखि बेपत्ता भएकी कविताको शव आइतबार बेलुकी मात्र फेला परेको हो । उनका आफन्त र प्रहरी टोलीले शव फेला हुन् । मृतक युवती कैलालीको गेटामा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत  विद्यार्थी हुन् । समान किनमेलका लागि अत्तरिया गएको बेला कृष्णपुर बाणीका स्थानीय मदन गिरीले जबर्जस्ती मोटरसाइकलमा लगेको परिवारको आरोप रहेको छ ।

मदन गिरीलाई प्रहरीले गएराती नै झलारीबाट पक्राउ गरेको छ । कविताको बलत्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । हत्याको प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फाईल फोटो

Comments