Posts

Showing posts from November, 2025

दुर्गा प्रसाईं पक्राउ

Image
काठमाडौँ / मंसिर २ राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक सुरक्षाका मुद्दामा अभियान चलाउँदै आएका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका प्रसाईंलाई मध्यराति भक्तपुरको ठिमीस्थित निवासबाट नै पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले गिरफ्तारीको पुष्टि गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएर अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ। प्रसाईंले आन्दोलनको तयारीका क्रममा भडकाऊ अभिव्यक्ति दिएको र त्यसले हिंसा भड्किन सक्ने मूल्यांकनपछि पक्राउ गरिएको बताइएको छ। उनले ७ गतेदेखि यातायातसहित सबै क्षेत्र बन्द पार्ने दाबी गर्दै आएका थिए। साथै, राष्ट्रको प्रतिष्ठासँग जोडिएको एनपीएलसमेत रोक्न क्यानका अधिकारीलाई चेतावनी दिएको भिडियो सार्वजनिक भएको थियो। सोमबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफूहरूले सरकारलाई आफ्ना मागहरू बारे अवगत गराए पनि कुनै चासो नदेखाएको आरोप लगाएका थिए। उनले शान्तिपूर्ण आन्दोलन सबै...