पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने
कञ्चनपुर , ३ फागुन । पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मालाई अभद्र व्यवहार गर्ने व्यक्ति माथी कानूनी कार्वाही गरीने नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा शुक्रबार राती करिब ८ बजेको समयमा घर जादै गरेको अवस्थामा पुनर्वास नगरपालिका-९,ख-गाउँमा स्थानीय हरि बहादुर बोहराले नगर प्रमुख शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गरेको जनाएको छ । सोही विषयमा शनिबार कार्यपालिकाको आकस्मिक बैठक बसी नगरपालिकाले विज्ञप्ति जारी गरेको हो । नगर प्रवक्ता तुलसी अर्यालद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेखित विवरण जस्ताको त्यस्तै तल उल्लेख गरिएको छ । "मिति २०८१ फागुन २ गतेका दिन अन्दाजी ८:०० को समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यू नगरपालिकावाट घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नं. ९ वस्ने हरि वहादुर वोहराले नगर प्रमुख सवार गाडी रोकि गरेको अभद्र व्यवहार प्रति यस नगरपालिका घोर भर्त्सना गर्दछ । निजले नगर प्रमुख सवार गाडीलाई रोकि नगर प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ । निज...