Posts

Showing posts from June, 2024

बेलौरी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न : ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित

Image
कञ्चनपुर /८ असार  बेलौरी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न भएको छ । नगर सभाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ । नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा सञ्चालन गरिएको बेलौरी नगरपालिकाको तेह्रौँ नगर सभामा नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गर्नु भएको थियोे । आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ । स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले १० वटा वडा मध्ये न्यूनतम १२ लाख १५ हजारदेखि अधिकतम २४ लाख ७६ हजारसम्मको बजेट वडाका लागि विनियोजन गरिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०८१।०८२ भित्र बेलौरी बाहिरी चक्रपथ निर्माणलाई बेलौरी नगर गौरवको आयोजनाको रूपमा विस्तार गरिने, बेलौरी भित्री चक्रपथ निर्माणलाई निरन्तरता दिइने, सबै वडाका मुख्य सडकहरूलाई कालोपत्रे गर्ने, नगर प्रमुख सुरक्षित आवास कार्यक्रमलाई निर

पञ्चकाेशी चंन्दननाथ एकता समाजको अगुवाईमा भकुण्डामा आर्यघाट निर्माण गरिने।

Image
कञ्चनपुर/३० जेठ   बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पञ्चकाेशी चन्दननाथ एकता समाजको अगुवाई भकुण्डामा आर्यघाट निर्माण गरिने भएको छ । बुधबार स्वर्गीय निमेष लम्सालको १३ औं दिनको पुण्यतिथिको अवसर पारी पञ्चकाेशी चन्दननाथ एकता समाजलाई उक्त सवदहन स्थल निर्माण एवं व्यवस्थापनका लागी समाजले अघि सारेको प्रस्तावका लागि धन्यवाद दिदैं स्वर्गीय निमेषको स्मृतिका स्वरुप आर्यघाट निर्माणका लागि सहयोग रकम श्रद्धाञ्जली सभामा संकलित रु ११ हजार ५ सय र परिवारजनको तर्फबाट रु ५० हजार रुपैयाँ पञ्चकाेशी चन्दननाथ एकता समाजका अध्यक्ष चन्द्र प्रसाद पोखरेललाई निजको अभिवावक लोकेन्द्र लम्साल र उहाँकि धर्मपत्नी रेवतीमाया लम्सालले हस्तान्तरण गरेको अध्यक्ष पोखरेलले बताउनुभयो।श्रद्धाञ्जली सभामा बोल्दै समाजका सल्लाहकार नमराज शाहीले मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै लम्सालले थालनी गरेको सामाजिक एवं पुण्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै स्वर्गीय लम्सालको निधन आफैंमा रहस्यमय र दुखदायी रहेको बताउनुभयो।सभामा बोल्दै मृतकका बुवा लोकेन्द्र लम्सालले श्रद्धाञ्जली सभामा उपस्थित भएका सम्पूर्णलाई आभार व्यक्त गर्दै समा

नेकपा एमाले पुनर्वासको जेठ ३२ मा दोस्रो नगर अधिवेशन हुने

Image
-लाल बहादुर एस के  कञ्चनपुर /जेष्ठ ३० नेकपा एमाले पुनर्वासको जेठ ३२ मा दोस्रो नगर अधिवेशन हुने भएको छ ।  अधिवेशनको सम्पुर्ण तयारी पुरा भ‌एको नगर सचिव काशीराम बोहोराले जानकारी गराउनु भएको छ ।  नेकपा  एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले समुद्घाटन गर्ने तय भएको सचिव बोहोराले  जानकारी दिनुभयो । नगर अधिवेशनका लागि नगर कमिटी, भुगोल, जनसंगठन लगायतबाट प्रतिनिधि चयन गरी सकिएको र  अधिवेशनका लागि महिला र पुरुष गरी १८० जना प्रतिनिधि छनोट गरिएको नगर अध्यक्ष पदम पुजाराले बताउनुभयो। नगर कमिटी सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । नगर कमिटीमा २० प्रतिशत युवा, ३३ प्रतिशत महिला र अन्य समावेशी बनाइने नेकपा एमाले कञ्चनपुरका युवा नेता भारमल सुनारले बताउनुभयो । अधिवेशनका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र सो को व्यवस्थापन प्रवेश शुल्क र आन्तरिक आयबाट गरिने उहाँले बताउनुभयो । सुनारका अनुसार अधिवेशनका लागि प्रतिवेदन तयारी, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन, जलपान, स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

सुदूरपश्चिममा तेस्रोपटक मन्त्री परिषद् विस्तार हुने, वीर बहादुर थापा मन्त्री बन्दै

Image
धनगढी /सुदूरपश्चिम प्रदेशमा तेस्रोपटक  मन्त्री परिषद् विस्तार हुने भएको छ ।  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।  मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन्। मन्त्री नियुक्त हुनेमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त रहेकी छन्। थापालगायत पाँचै जनालाई भने बिना विभागीय मन्त्री नियुक्त गरेर शपथका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरिएको बुझिएको छ। प्रदेश प्रमुखको कार्यालयले समेत मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस गरेको र आजै साँझ ५ बजे शपथ ग्रहण हुने पुष्टि गरेको छ। सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नि

नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

Image
काठमाडौं /आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।  अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो।   उसका लागि म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे। विक्रमजित सिंहले २२ र साइब्राण्ड एन्जलब्रेटले १४ रन बनाउँदा कप्तान स्कट इडवार्डस् ५ रनमा आउट भए। नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। नेदरल्याण्ड्सलाई १०७ रनको विजयी लक्ष्य दिएको छ ।  नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । करण केसीले १२ बल खेल्दै २ छक्काको सहयोगमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौकासहित ११ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। कुशल मल्ल ९, कुशल भुर्तेल ७, आसि