Posts

Showing posts from December, 2023

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

Image
कञ्चनपुर २२ मङ्सिर ।  कञ्चनपुरको पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुलेको छ । मृत्यु हुनेमा पुनर्वास ५ उदरी बस्ने वर्ष २१ का अभिषेक राना भएको प्रहरीले जनाएको छ । हुलाकी सडक अन्तरगत पुनर्वासको माईली बजार नजिकै रोकी राखेको ट्रेक्टरमा मोटरसाइकल ठोकिदा सख्त घाईते भएका रानाको धनगढी स्थित माया मेट्रो अस्पताल लगीए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । एउटै मोटरसाइकलमा यात्रा गरीरहेका वर्ष १९ की रञ्जिता राना सामान्य र वर्ष १८ को अनुप राना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।  माईली बजारमा रोकी राखेको से १ त ४१५९ नं. ट्रेक्टरमा म २ प ४६२५ नं.को. मोटरसाईकलले ठक्कर दिदा सो दुर्घटना भएको हो । हाल घाईतेहरुको उपचार भईरहेको र मृतको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल धनगढी पठाइएको छ । ट्रेक्टर तथा ट्रेक्टरका  चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएको छ ।  

कञ्चनपुरमा चिनीमिलको लापरबाहीले जनस्वास्थ्यमा गम्भीर असर

Image
  कञ्चनपुर /१९ मङ्सिर  कञ्चनपुरको दक्षिणी क्षेत्रमा सञ्चालित दुई उखुमिलले जनस्वास्थ्यसँग खेलबाड गरिरहेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–२ स्थित भागेश्वर सुगरमिल र बेलौरी नगरपालिका–१० स्थित महाकाली सुगरमिलले उद्योगको फोहोरलाई व्यवस्थापन गर्न नसक्दा जनस्वास्थ्य र वातावरणसँग नै खेलबाड गरिरहेका हुन् । उद्योगले सही तवरले फोहर व्यवस्थापन गर्न नसक्दा जनस्वास्थ्यसँगै वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको छ । उद्योगबाट निस्कने केमिकलयुक्त रसायन, धुवासँगै आउने खरानीले गर्दा उद्योग वरपरका स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । बेलौरीको शिवनगरस्थित महाकाली सुगरमिल वरपरका स्थानीयहरु उद्योगबाट निस्कने खरानीले हैरान छन् भने पुनर्वासको भागेश्वर सुगरमिलले उद्योगबाट निस्कने रसायनयुक्त पानी सिमरी नदीमा मिसाउँदा पुर्नवास२,५ र ७ का स्थानीयले सास्ती खेप्नुपरेको छ । शिवनगर वरपर उडेर आउने मिलको खरानीले स्थानीयलाई बाहिर कुनै काम गर्न नसकिने अवस्था छ । जसले गर्दा स्थानीयलाई श्वासप्रश्वासको समस्या हुने देखिन्छ । सुगरमिलले फोहर नदीमा मिसाउँदा दुर्गन्ध आउने गर्छ, पानीका जीवहरु मर्ने सम

पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सम्पन्न

Image
कञ्चनपुर /मङ्सिर १७  पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । परराष्ट्र मन्त्री एनपी साउदले शनिबार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताएका छन् । निर्माण कम्पनी आशिष-रश्मी जेभीसँग २०७७ मङ्सिर २४ गतेका दिन १ करोड ६९ लाख २२ हजार ४८० रकममा सम्झौता गरिएकोमा २०८० असार ३० गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीलाई १ करोड ६२ लाख ८३ हजार २०८ रकम भुक्तानी गरिएको थियो । नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिइन् । भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताए । भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण गरिएको भवनमा विभिन्न शाखाका लागि ठाउँको अभाव थियो । यस अघि