शिक्षक पदम शाहको निधनमा पुनर्वासका सम्पूर्ण विद्यालयमा शोक विदा
कञ्चनपुर , १६ साउन । शिक्षक पदम शाहको निधनमा पुनर्वासका सम्पूर्ण विद्यालयमा मंगलबार शोक विदा गरिएको छ । पाँचवटा शिक्षक संगठनहरु नेपाल राष्ट्रिय शिक्षक संगठन, पुनर्वास नगर समिती,नेपाल शिक्षक संघ, पुनर्वास नगर समिति, एकीकृत अखिल नेपाल शिक्षक संगठन, पुनर्वास नगर समिति,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, पुनर्वास नगर समिति र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ, पुनर्वास नगर समितिले संयुक्त रुपमा प्रेस नोट निकालेर पुनर्वास भित्रका सम्पूर्ण विद्यालयलाई शोक व्यक्त गर्न अनुरोध गरेको थियोे । मृतक शाह पुनर्वास ८, पृथ्वी वस्ती स्थित बागिश्वरी मा. वि.मा २०५९/०४/०१ देखि शिक्षकका रुपमा कार्यरत थिए । शाहको गत साउन १२ गते शुक्रबारका दिन उपचारको क्रममा नेपालगञ्जमा निधन भएको थियोे । लामो समयदेखि दमको समस्याले पीडित शाहको गत बैशाखमा पेटको समेत अपरेसन गरिएको थियोे । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) निकट शिक्षक संगठनमा आवद्ध रहेर शिक्षकहरुको हकहितका लागि आवाज उठाउँदै आएका शाह जनयुद्ध कालमा माओवादी पार्टीमा सक्रिय थिए । पुनर्वास हत्याकाण्डमा मुस्किलले ज्यान बचाएका शाहक