साझा पत्रीका सुखड , कैलाली ।। सुदूर पश्चिमेली नेपाली समाज भारतले पहिलो वार्षिक उत्सव तथा सांस्कृतीक कार्यक्रम आइतबार सम्पन्न गरेको छ । "सुदूर पश्चिमका लागि सुदूरपश्चिमेली ", भन्ने मुल नाराका साथ सुप समाज दिल्ली राज्य समितिले आयोजना गरेको थियो । बिश्वका विभिन्न देशमा गठित अन्तर्राष्ट्रिय सुप समाज संगै भारतका विभिन्न राज्यमा गठित सुप समाज भारतले उक्त उत्सब मनाएको हो। दिल्ली राज्य समितिका अध्यक्ष भवानी भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीमा नेपाल का बहु चर्चित र्यापर कलाकार श्री राजेन्द्र भट्ट ( MR RJ) रहेका थिए। दिल्लीको फ्लाइङ क्लब अर्थात् जोरबाग मेट्रो नजीक सम्पन्न कार्यक्रममा नेपालका बहु चर्चित कलाकार र्यापर श्री राजेन्द्र भट्ट (mr:rj)देउडा गायक मुकेश बिश्वकर्मा , दिनेश भण्डारी चट्टान , मनोज एस के , लोकदोहरी गायक शेर बहादुर साउद , देउडा गायक बासुदेब जोशी ,अशोक चन्द लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियोे। कार्यक्रमको अतिथिमा सु.प.समाज का केन्द्रिय उपाध्यक्ष पुरन कुमार अन्तर्राष्ट्रिय ...