पुनर्वासकि एक महिलाको बाघको आक्रमणमा परि मृत्यु
कञ्चनपुर , १० चैत्र । पुनर्वासकि एक महिलाको बाघको आक्रमणमा परि मृत्यु भएको छ । शुक्रबार बिहान करिब ९.३० बजेतिर पुनर्वास १० नजिकको नेपाल–भारत सीमामा पर्ने भारतको दुधवा नेशनल पार्कमा सो घटना घटेको हो । मृत्यु हुनेमा पुनर्वास नगरपालिका–१० मदनटोलकी बत्तिस वर्षीया कलसा सार्की रहेको प्रहरीले जनाएको छ । दुधवा नेशनल पार्कमा सात जनाको महिलाहरुको समूह घाँस दाउरा गर्न जंगल भित्र गएको र सोही क्रममा मृतक सार्कीमाथि बाघले आक्रमण गरेको जनाईएको छ । सार्की माथी आक्रमण भएको खबर गाउँमा पुगे लगत्तै स्थानीय युवा यादव सिंहको नेतृत्वमा गएको युवा टोलीले होहल्ला गरि आगो बालेर बाघलाई लखेटेको र घटनास्थलबाट करिब पचास मिटर पर बाघ देखिएको युवा सिंहले बताए । घटनास्थल भारतीय क्षेत्रमा परेकाले मृतकको शव भारतीय सुरक्षाकर्मीको कब्जामा रहेको र अहिले आवश्यक कानूनी प्रक्रिया पूरा गरि नेपाल प्रहरीलाई जिम्मा लगाउने कार्य भईरहेको र शव बुझे पश्चात पोष्टमार्टमका लागि बेलौरी लगीने इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए । अहिले भारतीय सुरक्षाकर्मीसंगै नेपाल प्रहरी, सशस्त्र