Posts

Showing posts from December, 2022

आजको राशिफल/आज वि.सं. २०७९ पौष १२ गते मङ्गलवार

Image
आजको राशिफल | २०७९ पौष १२ गते मङ्गलवार पौष शुक्ल (पोहेलाथ्व) चतुर्थी/चौथी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, वज्र योग, विष्टि/भद्रा र बब करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे चन्द्रोदय : बिहान ०९:४० बजे र चन्द्रास्त : बेलुका ०८:३१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४४ बजेदेखि १२:२५ बजेसम्म गुलिक काल : दिउँसो १२:०४ देखि ०१:२२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बिहान ०९:११ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा बिहान ०७:०५ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– मङ्गल चतुर्थी व्रत (मङ्गलवारको नयाँ व्रत थाल्न उपयुक्त दिन), साहित्यकार भूपी जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), फणिचक्र, चुल्लीच

प्रधानमन्त्री प्रचण्ड सहित आठ मन्त्रीकाे शपथग्रहण, रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह

Image
काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ मन्त्रीलाई शपथग्रहण गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री दाहालसहित माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १–१ जना मन्त्रीले शपथग्रहण गरेका हुन्। माओवादी केन्द्रबाट उप–प्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उप–प्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उप–प्रधानमन्त्रीमा रवि लामिछानेले शपथग्रहण गरे। जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले सपथ लिँदा एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईले विनाविभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन्। राप्रपा र नागरिक उन्मुक्ति

माओवादी अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त,शपथ भोलि हुने

Image
काठमाडौं/ प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए । आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।