रूपन्देही , ६ जेठ । कोभिड–१९ संक्रमण देखिएका गुल्मीका शिक्षकको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक भएकाले उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । वैशाख २५ देखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । सुरुमा जन्डिस भएको भन्दै उपचार गराए पनि सुधार नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिक हुँदै जेठ १ गते क्रिमसन अस्पताल आएका थिए । अस्पताल स्रोतका अनुसार उनलाई सुरुदेखि नै आईसीयूमा राखिएकोमा आइतबारबाट अवस्था थप चिन्ताजनक भएको हो । जेठ २ गते कोरोना संक्रमणको आशंकामा भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार संक्रमण पुष्टि भएको थियो । अस्पतालका प्रशासनप्रमुख चन्द्रकान्त पाण्डेले उनको भेन्टिलेटरमै उपचार जारी रहेको बताए । ‘अवस्था गम्भीर नै छ र हिजोदेखि स्थिर छ,’ उनले भने, ‘उपचारका सबै प्रयास जारी राखिएको छ ।’ स्थानीय प्रशासनले सोमबार राति नै अस्पताल सिल गरेको छ । स्वास्थ्यकर्मी, बिरामी र कुरुवालाई बाहिर निस्कन र नयाँ बिरामीसहित अन्य सर्वसाधारणलाई प्रवेशमा रोक